काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न बैठक सुरु गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, र कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पृष्ठभूमिमा बीआरआईको विषयमा बहस तीव्र बनेको छ । कांग्रेसले यसअघि नै बीआरआईअन्तर्गत ऋण लिने विषयमा असहमति जनाउँदै अनुदानकै रूपमा मात्र सहयोग स्वीकार्य हुने अडान लिएको थियो ।
आजको बैठकले बीआरआईसम्बन्धी अन्तिम निर्णय लिने र सत्ता साझेदार दल नेकपा एमालेलाई आफ्नो धारणा जानकारी गराउने तयारी गरेको छ । प्रधानमन्त्री ओली मंसिर १७ मा चीन भ्रमणमा जाने कार्यक्रम तय भएपनि भ्रमणको क्रममा बीआरआई सम्झौता ऋण कि अनुदान भन्ने विषय अझै विवादित बनेको छ ।
कांग्रेसको धारणा ऋण स्वीकार्य नहुनेतर्फ स्पष्ट छ भने एमालेसहितका वामपन्थी दलहरूले ऋण वा अनुदान जे भए पनि स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले भने सार्वजनिक रूपमा भ्रमणका क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारिसकेका छन् ।
यस बैठकले बीआरआईबारे नेपाली कांग्रेसको आधिकारिक निर्णयलाई थप प्रष्ट पार्ने अपेक्षा गरिएको छ।
Trending Now
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
Comments are closed.