कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आजदेखि, सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशकाे प्रथम सम्मेलन आजदेखि रुपन्देहीकाे बुटवलमा सुरु हुँदैछ ।

बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरू हुने सम्मेलनकाे सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

सम्मेलनकाे उद्घाटन सत्रलाई सभापति देउवासहित नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री मा. किशोरसिंह राठौर, केन्दीय सदस्यहरु डा. चन्द्रकान्त भण्डारील गायतले सम्बोधन गर्नुहुनेछ ।

भाेलिसम्म चल्ने सम्मेलनमा ६ सय ७५ जना प्रतिनिधि सहभागी हुने कांग्रेस लुम्बिनीले जनाएकाे छ ।

Comments are closed.