Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेस विशेष महाधिवेशद्वारा निर्वाचित कार्यसमिति शुक्रबार पार्टी कार्यालय जाने

Editorial Team by Editorial Team
January 22, 2026
in Nepal, News, Politics
0
कांग्रेस विशेष महाधिवेशद्वारा निर्वाचित कार्यसमिति शुक्रबार पार्टी कार्यालय जाने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा जाने भएको छ ।

सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यले शुक्रबार दिउँसो १ बजे पद बहालीका लागि सभापति थापा, पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपा जाने जानकारी दिए ।

विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्री चुनिएका थिए । विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चुनेको थियो ।२०७८ सालमा भएको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको समूह र डा.शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो ।विशेष महाधिवेशनलाई अस्वीकार गर्दै दुवै समूह निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको छ ।सर्वोच्च अदालतले पनि देउवा र डा.कोइराला समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति पद बहालीका लागि केन्द्रीय कार्यालयमा जान लागेको हो ।

Advertisement Banner
Previous Post

We will play Scotland if Bangladesh does not come to India to play the World Cup: ICC

Next Post

काँकडभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

Editorial Team

Editorial Team

Next Post
काँकडभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

Recommended

Patan High Court annuls membership of 18 FNCCI commodity associations

FNCCI urges parties to prioritize private sector in election manifestos

8 months ago
IOM Launches Cash Assistance Programme in Ukraine

IOM Launches Cash Assistance Programme in Ukraine

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.