अवैध लागूऔषधसहित मानिस नियन्त्रणमा   

काठमाडौं, २८ जेठ

काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भु मार्गस्थित मोरङ-बेलबारी गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १ सय ग्रामसहित सुनसरी धरानस्थित भानुचोकमा तरकारी व्यापार गरी बस्ने भारतीय नागरिक २७ वर्षीय हेमन्त कुमार भगतलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त गेष्ट हाउसमा लागूऔषधको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले शंकास्पद लागूऔषध कारोबारी भगतलाई फेला पारी नियन्त्रणमा लिने क्रममा निजले प्रहरीमाथि नै बल प्रयोग गरी धक्का मुक्का तथा आक्रमण गर्दै प्रहरी कर्मचारीको पेस्तोल खोस्ने प्रयास गरी भाग्न खोज्ने क्रममा प्रहरीले जवाफी फायर गर्दा बायाँ खुट्टाको घुँडामुनी गोली लाग्न गई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । घाइतेलाई तत्काल काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गरी थप उपचारको लागि त्रि.बि. शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर ट्रिटमेन्ट सेन्टरमा लगि उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.