Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

Editorial Team by Editorial Team
May 4, 2026
in India, News
0
भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न प्रदेशसभा निर्वाचनको मतगणना आज सुरु हुँदैछ ।;पश्चिम बंगाल, तमिलनाडु, असम, केरल र पुडुचेरीका नतिजा आज सार्बजनिक हुन लागेको हो ।भारतको निर्वाचन आयोगका अनुसार मतगणनाका सबै तयारी पूरा भइसकेका छन् र कडा सुरक्षा व्यवस्थाबीच बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ ।
सुरुमा हुलाकमार्फत आएका मतपत्र गणना गरिनेछ भने त्यसपछि विद्युतीय मतदान मेसिनका मत गनिनेछन् । प्रारम्भिक नतिजा दिउँसोसम्म आउने अनुमान गरिएको छ ।निर्वाचन सम्पन्न भएसँगै सबै राजनीतिक दलहरूले आ–आफ्नो जितको दाबी गरेका छन्। तर वास्तविक अवस्था मतगणनापछि मात्र स्पष्ट हुनेछ । दलहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । मतगणनाको एक दिनअघि दलहरूले सम्भावित राजनीतिक अवस्था समीक्षा गर्दै आन्तरिक बैठकसमेत गरेका थिए ।पश्चिम बंगालमा सबैभन्दा कडा प्रतिस्पर्धा देखिएको छ । त्यहाँ अन्तिम समयसम्म चुनावी गतिविधि तीव्र बनेको थियो ।
तमिलनाडुमा द्रमुक नेतृत्वको गठबन्धन बलियो अवस्थामा रहेको अनुमान गरिएको छ । उच्च मतदान र प्रारम्भिक सर्वेक्षणहरूले यसलाई समर्थन गरेका छन् । विदुथलै चिरुथैगल कच्चीका प्रमुख थोल तिरुमावलवनले द्रमुक गठबन्धनले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । यहाँ तीन तहको सुरक्षा व्यवस्थासहित मतगणनाको तयारी पूरा गरिएको छ ।असममा भारतीय जनता पार्टीले आफ्नो कार्यकालका उपलब्धिका आधारमा पुनः सत्ता कायम गर्ने अपेक्षा राखेको छ ।
केन्द्रीय मन्त्री पियुष गोयलले असम र पुडुचेरीमा भाजपा विजयी हुने विश्वास व्यक्त गरेका छन् । विपक्षी दलहरूले भने भ्रष्टाचारका मुद्दा उठाउँदै कांग्रेसको पुनरागमन हुने दाबी गरेका छन् । असममा महिलाको मतदान प्रतिशत पुरुषभन्दा बढी रहेको छ, जसले नतिजामा प्रभाव पार्न सक्ने बताइएको छ ।केरलमा सत्तारुढ वामपन्थी लोकतान्त्रिक मोर्चा लगातार दोस्रो कार्यकालका लागि प्रयासरत छ । तर प्रारम्भिक सर्वेक्षणहरू विभाजित देखिएका छन् र कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाले सत्ता फर्काउने आशा राखेको छ ।
कांग्रेस नेता इमरान प्रतापगढीले पाँचै क्षेत्रमा भाजपा सरकार बनाउन नसक्ने दाबी गरेका छन् । उच्च मतदान र महिलाको सक्रिय सहभागिताले केरलको राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ ।पुडुचेरीमा पनि कडा प्रतिस्पर्धा देखिएको छ । भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन आफ्नो स्थिति मजबुत बनाउन प्रयासरत छ भने कांग्रेस–द्रमुक गठबन्धन पुनरागमनको लक्ष्यमा छ । यहाँ पनि उल्लेखनीय रूपमा उच्च मतदान भएको छ।यस निर्वाचनमा उच्च मतदान, कडा सुरक्षा व्यवस्था र प्रत्यक्ष प्रसारणजस्ता प्रविधिको प्रयोगले निर्वाचन प्रक्रिया थप विकसित भएको संकेत दिएको छ !

Advertisement Banner
Previous Post

अल नासर अल कादसियासँग पराजित

Next Post

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Editorial Team

Editorial Team

Next Post
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Recommended

Nepal Home Minister Aryal meets UN Resident Coordinator Yahia

Nepal Home Minister Aryal meets UN Resident Coordinator Yahia

6 months ago
Gen Z protest probe commission seeks one-month extension in Nepal

Insurance claims from Gen Z protests cross Rs 23 billion, payouts underway

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.