पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेका तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ ।रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुसाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।अदालतमा म्याद थप नगर्ने बताएपछि अब हिरासतबाहिरै राखेर अनुसन्धान हुने कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो ।फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरको बताएका भुसाललाई पक्राउ गरी आइतबार बिहानै पोखरा ल्याइएको थियो ।
Trending Now
- Meeting of Pakistani Ambassador with the Prime Minister, discussion on activation of SAARC
- सुवेदीद्वारा रचित ‘अनि प्रतीत्य समुद्पाद, शुन्य शुन्य महाशुन्य’ माथि अन्तरक्रिया
- SpaceX launches 21 ‘Starlink Internet satellites’ into space
- पछिल्ल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी वर्षा
- Biden granted relief to 37 people awaiting death penalty
- More than 60 percent of Mongolia has snow
- Foreign Minister Rana returns home after visiting four countries
- निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
- हुम्लामा गएरातिदेखि हिमपात सुरु: आसपासका बस्तीमा सुरक्षित रहन आग्रह
- जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी