भन्सार महशुल सम्बन्धी विधेयक २०८१ प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडाैं । भन्सार महशुल सम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट स्वीकृत भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएकाे भन्सार महशुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे ।

अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएकाे साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुखकाे आसनमा बस्नुभएका उपसभामुख इन्दिरा रानाले विधेयक बहुमतले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।

त्यसअघि विधेयकमाथि सैद्धान्तिक छलफल भएकाे थियाे । छलफलमा सांसद्ले उठाएका प्रश्नको अर्थमन्त्री पुनले जवाफ दिनुभएकाे थियाे ।

उपसभामुख रानाले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महशुल सम्बन्धी विधेयक २०८१ माथि संशाेधन पेस गर्न चाहाने सांसद्ले प्रतिनिधि सभाकाे विधेयक शाखा सूचना दिन सक्ने बताउनुभयाे ।

Comments are closed.