दार्चुला, जेठ १३ देखि १५मा भएको दार्चुला वृहत साहित्य सम्मेलन समपन्न भएको छ । तारा—किशन फाउन्डेसन अमेरिकाले नेपालको सुदूर पश्चिमी जिल्ला दार्चुलामा तीन दिने साहित्य महोत्सव सम्पन्न गरेको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृति र साहित्यलाई उजागर गर्ने उद्देश्य राखेर बृहत् साहित्य महोत्सव आयोजना गरिएको थियो ।सदरमुकाम खलंगामा सम्पन्न महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका १ सयभन्दा बढी साहित्यकार तथा संस्कृतिकर्र्मीहरुको उपस्थिति रहेको थियो ।
महोत्सव स्थानीय मौलिक संस्कृति झल्किने झाँकीको प्रस्तुतिसहित सुरु गरिएको थियो भने स्रष्टाहरुले आफ्ना रचनाहरुको वाचन गर्दै साहित्यिक सम्पर्क तथा समन्वयको आग्रह राखेका थिए । कार्यक्रमा सहभागी हुन अमेरिकाबाट आएकी साहित्यकार नीलम कार्र्की निहारिका तथा काठमाडौंबाट आएका कवि लेखकहरु अशेष मल्ल, किशोर पहाडी, शंकर भारती, सन्ध्या पहाडी, गीता कार्की, ज्ञानू अधिकारी, खगेन्द्र लुइँटेल, लक्ष्मण गौतम, महेशविक्रम शाह, व्याकुल पाठक, दामोदर पुडासैनी किशोर, श्रीओम श्रेष्ठ रोदन, जयदेव भट्टराई, यादव भट्टराई, राजेन्द्र शलभ, पवन आलोक लगायतले साहित्यिक विचार तथा रचना वाचन गरेका थिए ।
फाउन्डेसनका संरक्षक किसनसिंह धामीले ‘दार्चुलाको संस्कृति, कला र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै दार्चुलालाई राष्ट्र–अन्र्तराष्ट्रियस्तरमा चिनाउन पहिलो पटक आफ्नै जन्मभूमिमा साहित्य महोत्सवको आयोजना गरिएको’ जानकारी दिए । दार्चुलामा साहित्यिक महोत्सव आयोजना गर्ने तयारी डेढ वर्षयता चलेपनि यस बीचको कोरोना महामारी तथा आवागमनको असहज परिस्थितीले महोत्सव आयोजनामा ढिलाइ भएको जानकारी धामीले दिए । उनले भाषा–साहित्यसहितका विविध विषयमा विचार मन्थन, लेखक–पाठक अन्र्तक्रिया र विदेशी स्रष्टासँंग साक्षात्कार गराउने तथा स्थानीय साहित्य–संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने माध्यमका रुपमा महोत्सव फलदायी भएको विचार व्यक्त गरे ।
सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपति अम्माराज जोशीले सुदूरपश्चिमको भाषा, साहित्य तथा संस्कृति पहिचान गराउन तारा किसन फाउन्डेसनले खेलेको भूमिकाको प्रशंसा गरे । नाट्यकर्मी अशेष मल्लले दार्चुलाको साहित्य–संस्कृतिले अब काठमाण्डौलाई झक्झक्याउनुपर्ने बताएका थिए । ‘पर्यटक भित्र्याउन यहाँको भर्जिन संस्कृति महत्त्वपूर्ण छ, यसको प्रसार र विक्री गर्न सक्नुपर्छ,’ मल्लले भने— ‘त्यसका लागि यस्ता साहित्य सम्मेलन स्थानीय तहमा मात्र नभई दार्चुलाको संस्कृति काठमाडौंमा प्रस्तुत हुनु जरुरी हुन्छ ।’
काठमाडौंबाट महोत्सवमा सहभागी हुन आएका अधिकांश सहभागीले ‘दार्चुलाको संस्कृति विशिष्ठ किसिमको रहेको र यसबारेको प्रचारप्रसारमा जोड दिन सकेमा दार्चुलाको नभई समग्र सभ्यता–संस्कृति समृद्ध हुने’ धारणा राखेका थिए ।
महोत्सवमा कवि किसनसिंह धामीको कविता अंग्रेजी संस्करण ‘एटलान्टिक’ तथा लोकेन्द्रबहादुर बम र नरेन्द्रसिह बडालको मुक्तक संग्रह ‘छुटेका यादहरु’ कृतिको विमोचन गरिएको छ । धामीको अंग्रेजी कृतिमाथि नेपालीका प्राध्यापक खगेन्द्रप्रसाद लुईटेल र मुक्तक संग्रहमाथि समीक्षक ज्ञानु अधिकारीले टिप्पणी गरेकी थिइन । धामीको कृति ‘एटलान्टिकका भङ्गालाहरु’ को अनुवाद ‘एटलान्टिक’ प्राध्यापक राजन थपलियाले गरेका हुन् ।
हिमाल डेन्टल हस्पिटलको सहकार्य तथा दार्चुला साहित्य समाजको समन्वयमा आयोजित महोत्सवमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, ‘मधुपर्क’का सम्पादक जयदेव भट्टराई, दार्चुला साहित्य समाजका अध्यक्ष नरेन्द्रसिंह बडाल, समीक्षक डा।लक्ष्मणप्रसाद गौतम, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिरलगायतले मोफसलमा देखिएको साहित्यिक–सांस्कृतिक सृजनशिलताका बारेमा मन्तव्य राखेका थिए ।
महोत्सवमा दुई वटा कार्यपत्रमाथि छलफल हुनुका साथै प्रतियोगितात्मक कवि गोष्ठी पनि आयोजना गरिएको थियो । स्थानीय कविहरु सहभागी प्रतियोगितामा अस्मिता बोहोराले प्रथम स्थान हासिल गरेकी थिइन । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमशः अमृता लोहार, वसन्ती बम र सारंगी खत्रीले प्राप्त गरो थिए ।
उक्त अवसरमा जिल्लाका ९ वटै स्थानीय तहका मौलिक झाँकीको प्रदर्शनी, जिल्ला स्तरिय माध्यमिक तह कविता प्रतियोगिता समेत सम्पन्न भयो । कार्यक्रम तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सम्पन्न भएको थियो । महोत्सवलाई एउटा प्रेरणाको रुपमा लिएर यो महोत्सवलाई सकेसम्म वार्षिक रुपमा निरन्तर सञ्चालन गरिने प्रतिबद्धता आयोजकले जनाएको छ ।
Trending Now
- कश्मीर आक्रमणको निष्पक्ष अनुसन्धान गर्न पाकिस्तानको माग
- लेखक एलेन ठूलेको ‘किरात लोहोरुङ राई विविध’ पुस्तक सार्वजनिक
- बसन्त चौधरीका दुई काव्यकृति ‘सार्वजनिक
- Iran blast: 18 dead, 800 injured
- शिक्षक महासंघले भन्यो– झडपमा ६२ जना शिक्षक घाइते
- Nepal is always against terrorism: Foreign Minister Dr.Rana
- China claims no trade talks with US
- UN condemns attack in Jammu and Kashmir, demands justice
- खर्च गर्न नसक्ने भन्दै विभिन्न निकायबाट पाँच अर्बभन्दा बढी बजेट फिर्ता काठमाडौँ– चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ । अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ रु पाँच करोड ३४ लाख र पुँजीगततर्फ रु पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ । चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु ३९ लाख, निर्वाचन आयोगले रु दुई करोड ४२ लाख र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु एक करोड ५८ लाख बजेट फिर्ता गरेको हो । पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ । एमसिए–नेपालले रु दुई अर्ब बराबर बजेट फिर्ता गरेको खनालले जानकारी दिनुभयो । पुँजीगततर्फ बजेट फिर्ता गर्ने अन्य निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ३६ करोड ७८ लाख, परराष्ट्र मन्त्रालयले रु ३० करोड र महालेखा परीक्षकको कार्यालयले रु एक करोड ६१ लाख फिर्ता गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट फागुन मसान्तभित्र खर्च हुन नसकेमा र आर्थिक वर्षको बाँकी अवधिमा पनि खर्च गर्न नसक्ने अवस्था भएमा चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ । गत वर्ष ७० प्रतिशत बजेट फिर्ता गरेको एमसिए–नेपालले यस वर्ष करिब ५८ प्रतिशत बजेट फिर्ता गरेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनामा अमेरिकी सहयोग निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्योल छ भने यो परियोजनाका निम्ति सरकारले छुट्याएको बजेट खर्च नहुने स्थिति छ । चालु आर्थिक वर्षका लागि एमसिए–नेपालले रु १३ अर्ब ३६ करोड बजेट पाएको थियो । उक्त रकममध्ये रु नौ अर्ब ९० करोड मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बाट अनुदान लिइने र बाँकी रु तीन अर्ब ४५ करोड १८ लाख आन्तरिक स्रोतबाट व्यहोर्ने अनुमान गरिएको थियो । तर एमसिए–नेपालले बजेट खर्च नगरेपछि आन्तरिक स्रोतबाट व्यहोर्ने भनिएको रकममा पनि करिब ५८ प्रतिशत बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरिएको छ । चालु आर्थिक वर्षमात्र नभई गत आर्थिक वर्षमा पनि एमसिए नेपालको खर्च निकै कमजोर थियो । एमसिए–नेपालले गत आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट फिर्ता गरेको थियो । एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्नेगरी गत आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेकामा रु सात अर्ब ६० करोड ७० लाख फिर्ता गरिएको थियो । विद्युत् प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त भएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको हो ।
- तिब्बतको ताक्लाकोट जानलाई प्रवेश पास प्रदान
Comments are closed.