Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

दार्चुलामा बृहत् साहित्य सम्मेलन सम्पन्न

Editorial Team by Editorial Team
May 31, 2022
in Literary Festival & Event, Nepal
0
दार्चुलामा बृहत् साहित्य सम्मेलन सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला, जेठ १३ देखि १५मा भएको दार्चुला वृहत साहित्य सम्मेलन समपन्न भएको छ । तारा—किशन फाउन्डेसन अमेरिकाले नेपालको सुदूर पश्चिमी जिल्ला दार्चुलामा तीन दिने साहित्य महोत्सव सम्पन्न गरेको छ । साहित्यमार्फत जिल्लाको कला, संस्कृति र साहित्यलाई उजागर गर्ने उद्देश्य राखेर बृहत् साहित्य महोत्सव आयोजना गरिएको थियो ।सदरमुकाम खलंगामा सम्पन्न महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका १ सयभन्दा बढी साहित्यकार तथा संस्कृतिकर्र्मीहरुको उपस्थिति रहेको थियो ।
महोत्सव स्थानीय मौलिक संस्कृति झल्किने झाँकीको प्रस्तुतिसहित सुरु गरिएको थियो भने स्रष्टाहरुले आफ्ना रचनाहरुको वाचन गर्दै साहित्यिक सम्पर्क तथा समन्वयको आग्रह राखेका थिए । कार्यक्रमा सहभागी हुन अमेरिकाबाट आएकी साहित्यकार नीलम कार्र्की निहारिका तथा काठमाडौंबाट आएका कवि लेखकहरु अशेष मल्ल, किशोर पहाडी, शंकर भारती, सन्ध्या पहाडी, गीता कार्की, ज्ञानू अधिकारी, खगेन्द्र लुइँटेल, लक्ष्मण गौतम, महेशविक्रम शाह, व्याकुल पाठक, दामोदर पुडासैनी किशोर, श्रीओम श्रेष्ठ रोदन, जयदेव भट्टराई, यादव भट्टराई, राजेन्द्र शलभ, पवन आलोक लगायतले साहित्यिक विचार तथा रचना वाचन गरेका थिए ।
फाउन्डेसनका संरक्षक किसनसिंह धामीले ‘दार्चुलाको संस्कृति, कला र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै दार्चुलालाई राष्ट्र–अन्र्तराष्ट्रियस्तरमा चिनाउन पहिलो पटक आफ्नै जन्मभूमिमा साहित्य महोत्सवको आयोजना गरिएको’ जानकारी दिए । दार्चुलामा साहित्यिक महोत्सव आयोजना गर्ने तयारी डेढ वर्षयता चलेपनि यस बीचको कोरोना महामारी तथा आवागमनको असहज परिस्थितीले महोत्सव आयोजनामा ढिलाइ भएको जानकारी धामीले दिए । उनले भाषा–साहित्यसहितका विविध विषयमा विचार मन्थन, लेखक–पाठक अन्र्तक्रिया र विदेशी स्रष्टासँंग साक्षात्कार गराउने तथा स्थानीय साहित्य–संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने माध्यमका रुपमा महोत्सव फलदायी भएको विचार व्यक्त गरे ।
सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपति अम्माराज जोशीले सुदूरपश्चिमको भाषा, साहित्य तथा संस्कृति पहिचान गराउन तारा किसन फाउन्डेसनले खेलेको भूमिकाको प्रशंसा गरे । नाट्यकर्मी अशेष मल्लले दार्चुलाको साहित्य–संस्कृतिले अब काठमाण्डौलाई झक्झक्याउनुपर्ने बताएका थिए । ‘पर्यटक भित्र्याउन यहाँको भर्जिन संस्कृति महत्त्वपूर्ण छ, यसको प्रसार र विक्री गर्न सक्नुपर्छ,’ मल्लले भने— ‘त्यसका लागि यस्ता साहित्य सम्मेलन स्थानीय तहमा मात्र नभई दार्चुलाको संस्कृति काठमाडौंमा प्रस्तुत हुनु जरुरी हुन्छ ।’
काठमाडौंबाट महोत्सवमा सहभागी हुन आएका अधिकांश सहभागीले ‘दार्चुलाको संस्कृति विशिष्ठ किसिमको रहेको र यसबारेको प्रचारप्रसारमा जोड दिन सकेमा दार्चुलाको नभई समग्र सभ्यता–संस्कृति समृद्ध हुने’ धारणा राखेका थिए ।
महोत्सवमा कवि किसनसिंह धामीको कविता अंग्रेजी संस्करण ‘एटलान्टिक’ तथा लोकेन्द्रबहादुर बम र नरेन्द्रसिह बडालको मुक्तक संग्रह ‘छुटेका यादहरु’ कृतिको विमोचन गरिएको छ । धामीको अंग्रेजी कृतिमाथि नेपालीका प्राध्यापक खगेन्द्रप्रसाद लुईटेल र मुक्तक संग्रहमाथि समीक्षक ज्ञानु अधिकारीले टिप्पणी गरेकी थिइन । धामीको कृति ‘एटलान्टिकका भङ्गालाहरु’ को अनुवाद ‘एटलान्टिक’ प्राध्यापक राजन थपलियाले गरेका हुन् ।
हिमाल डेन्टल हस्पिटलको सहकार्य तथा दार्चुला साहित्य समाजको समन्वयमा आयोजित महोत्सवमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, ‘मधुपर्क’का सम्पादक जयदेव भट्टराई, दार्चुला साहित्य समाजका अध्यक्ष नरेन्द्रसिंह बडाल, समीक्षक डा।लक्ष्मणप्रसाद गौतम, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिरलगायतले मोफसलमा देखिएको साहित्यिक–सांस्कृतिक सृजनशिलताका बारेमा मन्तव्य राखेका थिए ।
महोत्सवमा दुई वटा कार्यपत्रमाथि छलफल हुनुका साथै प्रतियोगितात्मक कवि गोष्ठी पनि आयोजना गरिएको थियो । स्थानीय कविहरु सहभागी प्रतियोगितामा अस्मिता बोहोराले प्रथम स्थान हासिल गरेकी थिइन । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमशः अमृता लोहार, वसन्ती बम र सारंगी खत्रीले प्राप्त गरो थिए ।
उक्त अवसरमा जिल्लाका ९ वटै स्थानीय तहका मौलिक झाँकीको प्रदर्शनी, जिल्ला स्तरिय माध्यमिक तह कविता प्रतियोगिता समेत सम्पन्न भयो । कार्यक्रम तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सम्पन्न भएको थियो । महोत्सवलाई एउटा प्रेरणाको रुपमा लिएर यो महोत्सवलाई सकेसम्म वार्षिक रुपमा निरन्तर सञ्चालन गरिने प्रतिबद्धता आयोजकले जनाएको छ ।

Advertisement Banner
Previous Post

Fuel tanker overturns near runway at Nepal’s Pokhara airport; flight services disrupted

Next Post

India, China reviews situation along Line of Actual Control during 24th WMCC meeting

Editorial Team

Editorial Team

Next Post
India, China reviews situation along Line of Actual Control during 24th WMCC meeting

India, China reviews situation along Line of Actual Control during 24th WMCC meeting

Recommended

मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

1 month ago
Kathmandu Metropolitan City plans fencing of public land across 32 wards

Kathmandu Metropolitan City projects income and spending for next three fiscal years

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.