आज पनि दशैँको टीका र जमरा लगाइँदै

काठमाडाैं । २०८० सालको विजय दशमी सकिएको छ। तर दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ ।
मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जाने चलन छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमा (शनिबार) सम्म लगाउने परम्परा रहेको छ ।
कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दशैं सक्ने प्रचलन छ ।

Comments are closed.