काठमाडौँ- दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले २०८२ सालका विभिन्न चार पुरस्कारहरूको निर्णय गरेको छ । जस अन्तर्गत प्रतिष्ठानले यस वर्ष
शङ्कर कोइराला आख्यान पुरस्कार (२५,०००/- रुपैयाँसहित) आख्यानकार मधुवन पौडेललाई,
चूडामणि भाषाव्याकरण-कोश पुरस्कार (५१,१११/- रुपैयाँसहित) साहित्यकार तथा भाषासेवी रोचक घिमिरेलाई,
कुमार-सरस्वती समालोचना पुरस्कार (२५,०००/- रुपैयाँसहित) समालोचक तथा साहित्यकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई र
रामप्रसाद पन्त वाङ्मय पुरस्कार (५५,५५५/- रुपैयाँसहित) साहित्यकार, सम्पादक तथा नाट्यकर्मी किशोर पहाडीलाई समर्पण गर्ने निर्णय गरेको छ ।
यी पुरस्कारहरू आगामी पुस २६ गते काठमाडौँमा एक समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठानले जानकारी गराएको छ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल २०५७ सालमा स्थापना भई भाषासाहित्यका क्षेत्रमा समर्पित संस्थाका रूपमा परिचित छ ।






