सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १८ भदौ

            सुनसरी, ईटहरी उपमहानगरपालिका-२ आँपगाछीस्थित सडकमा प्रदेश नम्बर १-०२-००२ च ४६६२ नम्बरको भेनले को.१६ प ५७२० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ईटहरी उपमहानगरपालिका-२ बस्ने ३१ वर्षीय लोमस दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ राजा पोखरीस्थित सडकमा को.२ च २६४९ नम्बरको भेनले बा.६० प ४४९२ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सप्तरी सप्तकोशी नगरपालिका-३ घर भएका ३६ वर्षीय दुर्गा नन्द चौधरी र सोही ठाउँ घर भएका ३३ वर्षीय प्रकाश गोजेवार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । भेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.