काठमाडौं, १ असोज
तनहुँ, भिमाद नगरपालिका-५ मिछलुङ मडुवास्थित सडकमा ग.३ च २१२९
नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर शुक्रबार
राति दुर्घटना हुँदा गाडी चालक स्याङ्जा हरिनास गाउँपालिका-५ बस्ने ४२ वर्षीय केस
बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषा, मिथिला नगरपालिका-९ ढल्केवरस्थित सडकमा ज.१ च ९८३ नम्बरको
पिकअप र प्र.३-०२-०१ प १४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार
राति दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका-१० घर भएका
२६ वर्षीय नवल कुमार केवाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको
मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, कन्काई नगरपालिका-४ माईपूलस्थित सडकमा प्रदेश ०३-००१ क ००९१
नम्बरको टिपर र प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर
खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका-५ बस्ने ४६
वर्षीय सागर पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी
अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी
मोटरसाइकलमा सवार उनको श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Trending Now
- 40 billion 83 lakh revenue collection from Birganj dry port
- स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार
- Vladimir Putin arrives Beijing for a two-day visit to China
- जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस आज
- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेश हुने
- Adverse weather affects Everest climb
- कांग्रेसलाई संसद्मा बोल्न नदिने ओलीको चेतावनी
- पाल्पामा बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते
- त्रिभुवन विमानस्थलको अनुगमन गृहमन्त्री लामिछानेले गरे
- स्वास्थ्य शिविर सञ्चालन गरी ठग्ने नक्कली डाक्टर पक्राउ
Comments are closed.