विभिन्न धनमाल चोरी

काठमाडौं, १ असोज
तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी नयाँ गणेशस्थान बस्ने ३२ वर्षीय राजेश
कार्कीको घरबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब ७ लाख २२ हजार ५ सय
रुपैयाँ मूल्य बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
घरको दोस्रो तलामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले घरको झ्याल र
कोठाको दराजको ताला फोडेर उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी
गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.