छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

काठमाडौं, १० मंसिर

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ गौरिटारस्थित सडकमा ना.४ ख ९००२ नम्बरको बसले बा.९९ प २९८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने २८ वर्षीय आशिस ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रमम मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि सरकारी अस्पताल भरतपुर रिफर गरिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, जोशिपुर गाउँपालिका-१ बडहरियास्थित सडकमा से.५ प ३९७७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-१ बडहरिया बस्ने ७० वर्षीय छल्लुराम चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलाली, जोशिपुर गाउँपालिका-१ बडहरियास्थित सडकमा से.१ त.४१८० नम्बरको ट्याक्टरले बा.४९ प ३१७९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक टिकापुर नगरपालिका-४ बस्ने ३२ वर्षीय राम कुमार चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहा, बरियारपट्टी गाउँपालिका-१ नरगीस्थित सडकमा स.२ प ५१३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३२ वर्षीय शंकर यादवको घटनास्थलमै मृत्यु भएको छ ।

तनहुँ, घिरिङ गाउँपालिका-१ जगौलिटारस्थित सडकमा लु.३९ प ५०९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ पुटार बस्ने २२ वर्षीय सुनिल दरैको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको सेतीगंगा अस्पताल बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

कास्की, पोखरा महानगरपालिका-११ रानीपौवास्थित सडकमा ग.१९ प ४०८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत बिहादी गाउँपालिका घर भई पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने १९ वर्षीय सञ्जय सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको  सोही अस्पताल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-११ स्थित सडकमा से.२ त २४७९ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.