करेन्ट लागेर मृत्यु

बाँके, १० मंसिर

नेपालगंज उपमहानगरपालिका-४ गणेशपुर बस्ने ३३ वर्षीय लब बन्जाडेको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । आफ्नै घरमा विद्युतको नाङगो तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि नर्सिङहोम नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.