काठमाडौं, ३१ साउन
बारा, निजगढ नगरपालिका-६ पानिटंकी नजिक विद्यासागर ईङलिस बोर्डिङ स्कुलको प्र.२-०३-००१ क १०७३ नम्बरको बसले किचेर सोही ठाउँ डेरा गरी बस्ने सिम्रौनगढ नगरपालिका-२ महुवाई टोल घर भएका राकेश राय यादवको २ वर्षीय छोरा आयुष रायको मंगलबार बिहान मृत्यु भएको छ । किचेर गम्भीर घाइते भएका उनको उपचारको लागि निजगढ नेशनल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, कटारी नगरपालिका-८ कुरिङभञ्याङमा बा.४ ख ५६७१ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा टिपरमा सवार कटारी नगरपालिका-८ पाखाटोल बस्ने ४५ वर्षीय नर बहादुर मगर र सोही ठाउँ बस्ने ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । साथै दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ४० वर्षीय चन्द्र बहादुर मगरलाई उपचारको लागि कटारी अस्पताल पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँस्थित सडकमा लु.३५ प ४७४२ नम्बरको मोटरसाइकलमा च्यापिएर मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ कालिकानगर बस्ने २८ वर्षीय संजय खत्रीको मृत्यु भएको छ । च्यापिएर बेहोस भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-६ तल्लोबजारमा ना.४ ख ६११२ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका-६ बस्ने जीवन रानामगरको छोरा ३ वर्षीय डेनिस राना मगरको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चपुरस्थित चपुर अस्पताल हुँदै बयोधा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Comments are closed.