अछाम, १ असोज
कमलबजार नगरपालिका-८ डुंगाला बस्ने खिउरे दमाईको घर शनिबार बिहान
आएको पहिरोले पुरिँदा २६ वर्षीय गम्भी दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिक्रा
दमाई, ३ वर्षीया कलु दमाई र ४ वर्षीया कल्पना दमाईको मृत्यु भएको छ । पहिरोले घर
पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको
प्रहरीले ५ जनाको शव फेला पारेको र ६५ वर्षीया खण्टी दमाईलाई सकुशल उद्दार गरेको
थियो । साथै सोही नगरपालिका-६ ठाटीखाँद बस्ने ईन्द्र कामीको घर समेत शनिबार बिहान
पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले ४ जनाको शव फेला पारेको हो । साथै
पहिरोमा परी घाइते भएका ७ जनालाई उपचारको लागि जिल्ला अस्पताल अछाम
पठाइएको छ । हाल बेपत्ता रहेका ३ जनाको खोजी तथा उद्धार कार्य भइरहेको छ ।
यसैगरी अछाम तुर्माखाद गाउँपालिका-५ नाडा बस्ने नेत्र बहादुर शाही र रित बहादुर
शाहीको घर शनिबार बिहान पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता
भएका छन् । पहिरोले घर पुरिँदा मानिसहरू च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी
चौकी ढुङ्गाचाल्नाबाट खटिएको प्रहरीले ४ जनाको शव फेला पारेको हो । हाल वेपत्ता ५
जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
यसैगरी अछामकै ढकारी गाउँपालिका-६ सिमाने बस्ने हर्क बहादुर बुढाको घर
शनिबार बिहान आएको पहिरोले पुरिँदा घरमा रहेका १ जनाको मृत्यु भएको छ भने ३
जना घाइते भएका छन् । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी
ढकारीबाट खटिएको प्रहरीले ३ जना घाइतेलाई उद्धार गरी हेलिकप्टरद्वारा प्रादेशिक
अस्पताल सुर्खेत पठाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र १ जनाको सामान्य
रहेको छ ।
Trending Now
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi
- पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ विजयी
- Two astronauts returned to Earth after nine months in the space station
- एकता महाधिवेशनलाई सघाउने काँग्रेस निकट जनसम्पर्क समितिहरूको निर्णय
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि स्वास्थ्य मन्त्रालयको बजेट
- चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाउने कार्य गैर कानुनीः थाहा नगरपालिका, तत्काल बन्द गर्न निर्देशन
- लेखा समितिमा अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक वित्तिय संस्थाको उजुरीको चाङ
Comments are closed.