चट्याङ लागेर दुई जनाको मृत्यु 

काठमाडौं, ३२ असार

दाङ, घोराही उपमहानगरपालिका-१९ खानीगाउँ बस्ने धन बहादुर विकको छोरा १५ वर्षीय शंकर विकको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।  घर नजिकै जंगलमा गोठाला गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१४ राम्चे बस्ने ६६ वर्षीया पबिसरा दर्लामीको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको  छ । आफ्नै घर अगाडि शौचालय नजिक पानी भर्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.