प्यूठान, ३० साउन
नौबहिनि गाउँपालिका-६ बाहाने बजार नजिक घुम्तीमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु.१ ज १५४५ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय लुकेश थापा समेत ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते १६ जनामध्ये ४ जनाको लुम्बिनी सिटी अस्पताल र २ जनाको मर्सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ भने अन्य १० जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
ईलाका प्रहरी कार्यालय लुङ्बहानेबाट खटिएको प्रहरीले आवश्यक उद्धार गर्नुको साथै दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.