संसद भवनभित्र गोली प्रहार गरेका प्रहरी जवानको मृत्यु

काठमाडौं – संघीय संसद् भवनभित्र आफैलाई गोली हानेर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।उपत्यका प्रहरी प्रमुख एआई दिपक थापका अनुसार गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।उनी नेपाल प्रहरीको कार्यदलबाट खटिएका थिए । उनले एसएलआरबाट गोली चलाएको र सो गोली निधारमा लागेको खुलेको छ ।प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका थिए । घटनाको थप अनुसन्धान जारी रहेको एआईजी थापाले जानकारी दिए ।

Comments are closed.