लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको देहावसान

आख्यान शिल्पी तथा पत्रकार राजेन्द्र पराजुलीको आकस्मिक निधन भएको छ। पराजुलीको शरीरभरि निमोनिया फैलिएर निधन भएको हो । पार्थिव शरीर अहिले पशुपतिको आर्यघाट लगिएको छ । पराजुलीका सुपुत्र भारतको गोआबाट आइपुगेपछि आजै दिउँसो ३ बजेतिर अन्तिम संस्कार गरिने छ।

राजेन्द्र पराजुलीलाई चिसो लागेको कारण एभरेस्ट हस्पिटल लगिएको थियो । त्यहाँबाट उपचारपछि घर ल्याए तापनि हिजो फेरि च्यापेर बीएण्डबी हस्पिटलको इमर्जेन्सी लगिएको थियो । त्यहीं उपचार गर्दागर्दै आज मंगलबार ७ बजे उनको निधन भएको हो ।

’जन्तरमन्तर’ बाहेक पराजुलीका ’भ्रष्ट संवेदना’, ’विकल्प यात्रा’, ’जाडोमा भोक’, ’सपनामा मार्क्स’, ’शुक्रराज शास्त्रीको चश्मा’ आदि कृति प्रकाशित छन्। उनी ५९ वर्षका थिए ।

Comments are closed.