लेनदेन कारोबार सहज गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

काठमाडौँ । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरुले काठमाडौँमा धर्ना दिएका छन् ।

बुधबार पीडित लेनदेन सङ्घर्ष समिति, मधेस प्रदेश, रौतहट लगायत तराईका विभिन्न जिल्लाबाट आएका उनीहरूले काठमाडौँको माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुंग पार्न खोजिएको आरोप लगाउँदै आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग मग गरेका छन् ।

आन्दोलितहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको सावाँ र व्याज उपलब्ध गराउनुपर्ने लगायतका माग राखी आन्दोलन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले लेनदेन कारोबार सहज गर्, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर्, कानुन बमोजिम गरिएको लगानी कानुन बमोजिम फिर्ता गरियोस्, प्रहरी दमन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोध जनाएका छन् ।

Comments are closed.