उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहालमा वृहत नागरिक एकता अभियानले महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
पोखरा विमानस्थलबारे सत्यतथ्य छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्तका लागि र्याली आयोजना गरिएको हो ।र्यालीमा सहभागीहरुले पोखरा विमास्थल निर्माणमा भएको भ्रष्टाचार छानबि गर्, पोखरा विमासन्थललाई ऋण पासोबाट मुक्त गरौं लगायतका नारा लगाएका थिए ।
सरकारले चिनियाँ ऋणमा बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमामा करिब २५ अर्ब रुपैयाँ भौतिक संरचना निर्माणमा मात्रै खर्च गरेको छ । विमानसथल बनाउँदा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।यो विमानस्थल बनाउने क्रममा धावनमार्ग धसाउन ४० मिटर डाँडा काट्दा राज्यलाई अतिरिक्त आर्थिक भार थपिएको थियो । तर यसरी रनवे धसाएकै कारण विमानस्थल क्षेत्र होचो भएको र त्यसले रनवे डुबानमा पर्ने गरी जोखिमा पारिएको छ ।
यो विमानस्थल बनाउँदा एकातर्फ रनवे धसाएर विमानस्थल डुबानमा पर्ने जोखिम रहेको छ भने अर्कोतर्फ ४० मिटरको डाँडा काटिएको छ। जसका कारण जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले करिब ४ अर्ब ३४ करोड रुपैयाँ खर्चर बनाउँदै गरेको खानेपानीको ट्यांकीसमेत भत्काउनुपर्ने अवस्था बनेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक प्रदीप अधिकारीले ठेकेदार कम्पनीसहित सम्बन्धित एजेन्सीसँगको मिलेमतोमा विमानस्थलको धावनमार्ग धसाइएको हो । सोही कारण ३० मिटर काटे पुग्ने धावनमार्गको पूर्वपट्टिको रिट्टेपानी डाँडा ४० मिटर काट्नुपरेको छ । जसकारण पोखराको कोलपाटनमा बनिसकेको खानेपानीको ट्यांकसमेत भत्काउनुपर्ने भएको हो।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना २०७४/७५ मा सुरु गरी २०७७/७८ मा सम्पन्न गर्दा राज्यलाई ऋण मात्रै २२ अर्ब रुपैयाँमा लागेको छ । विमानस्थल बनाउन चिनियाँ ऋणको उक्त २२ अर्ब मात्रै खर्च गरिने भनिए पनि लागत बढाएर विमानस्थलको संरचना निर्माण भएको छ । यो विमानस्थल सम्पन्न भएर सञ्चालन योग्य बनाउँदासम्म २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको सरकारी निकायको प्रतिवेदनमै उल्लेख छ ।यो विमानस्थल निर्माणको काम २०७९/८० मा सम्पन्न भएर २०८० पुस १६ मा उद्घाटनसमेत भइसकेको छ । तर, विडम्बना यो विमानस्थल सम्पन्न भएर उद्घाटन भएको डेढ वर्षसम्म पनि उडान हुन सकेको छैन ।
May be an image of 4 people and text

Comments are closed.