काठमाडौं महानगरको कार्यालय अगाडि सडक व्यापारीको प्रदर्शन

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आफूहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

महानगरले तोकेको समयमा सडकमा व्यापार गर्दा पनि आफूहरुको सामान खोस्ने काम गरेको भन्दै उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले निर्वाध रुपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरुले यसअघि महानगरसँग भएको ४ बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले महानगरले ज्यादती गरेका कारण आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सडक व्यवसायीहरुलाई विकल्प दिनुपर्ने माग गरेको बताउनुभयाे ।

श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै उहाँले श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने बताउनुभयाे । ४ दिन अगाडि काठमाडौंको रत्नपार्क क्षेत्रमा राति साढे ८ बजे महानगरले लुटपाट शैलीमा सामान खोसेको सडक व्यवसायीहरुको आरोप छ ।

Comments are closed.