सरकार विरुद्ध काठमाडाैंमा युवा संघकाे प्रदर्शन

काठमाडाैं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सरकार विरुद्ध प्रदर्शन गरेकाे छ ।

सरकारको कामकारबाही जनमुखी नभएको भन्दै युवा संघले शुक्रबार सरकार विरुद्ध काठमाडौंमा प्रदर्शन गरेकाे हाे । जनता मूल्यवृद्धि, कालाबजारीबाट आक्रान्त हुदा पनि सरकार मौन रहेको युवा संघले जनाएकाे छ ।

सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धरासयी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि एउटा पनि राम्रो काम पनि गर्न नसकेको युवा संघकाे ठहर छ ।

विरोध प्रदर्शनपछि युवा संघका अध्यक्ष क्षितिज थेबेले सरकारले देश र जनताका लागि कुनै काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको बताउनुभयाे । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताउनुभयो । जनजिविकाका विषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नदेखाएकाले सरकार विरुद्ध प्रदर्शन गर्नुपरेको अध्यक्ष थेबेले बताउनुभयाे ।

उहाँले सरकारमा रहेकाले व्यापारिसँग साठगाँठ गरेर उपभोग्य वस्तुमा कृत्रिम अभाव भएको र मूल्यवृद्धि भएको समेत बताउनुभयाे ।

Comments are closed.