२२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडाैं । नेपाल प्रहरीले २२ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन उनीहरुलाई बुधबार सूचनामार्फत निर्देशन दिएकाे हाे ।

आफूखुशी कार्यालयमा गैरहाजिर रहेको, खोजतलास गर्दा-गराउँदा तथा प्रहरी नियमावली बमाेजिम सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका कारण सूचना जारी गर्नुपरेकाे कार्यालयले जनाएकाे छ ।

गैरहाजिर हुनाकाे कारण खुलाई स्पष्टिकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन कार्यालयले अनुराेध गरेकाे हाे ।

गैरहाजिर भएका प्रहरी कर्मचारीमा प्रहरी सहायक हवल्दारहरू अमित श्रेष्ठ, समीर दाहाल, जनम राई र कमल श्रेष्ठ हुनुहुन्छ ।

प्रहरी जवानहरु निवास चौधरी, पूर्णबहादुर वली, हेमन्त कुमाल, प्रेम कुँवर, उमेश लामा, अमर डाँगी, दीपक राई, सुस्मत खड्का, केवोङलिङ आङदेम्बे, जीबहादुर पुन, राजकुमार महत, अनिल परियार, प्रकाश अधिकारी, आशामाया तामाङ, किशोर थारू, मोहनसिंह विक, सुरेन्द्रबहादुर शाही र सन्तोष सुनार हुनुहुन्छ ।

Comments are closed.