काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बेरुजु न्यूनीकरण र बेरुजुलाई छिटो फर्छ्यौट गरी आर्थिक अनुशासन तथा वित्तीय सुशासन कायम गर्ने रणनीतिक कार्ययोजना तयार पारी तत्काल पेस गर्न महालेखा परीक्षकलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएको र त्यसले अन्तर्राष्ट्रियस्तरमै वित्तीय अराजकताको सन्देश प्रवाह भइरहेको भन्दै त्यसलाई कम गर्ने रणनीतिक कार्ययोजना तयार पार्न निर्देशन दिएको हो ।
समितिले बेरुजु वा कैफियतहरु उठाउँदा कुन कानुनको दफाअनुसार बेरुजु हुन गएको हो त्यो उल्लेख गर्न, फर्छ्यौट गर्न पेस गर्नुपर्ने प्रमाण वा स्वीकृत गर्ने पदाधिकारीको स्पष्ट विवरण प्रतिवेदनमा उल्लेख गर्न तथा विद्युतीय माध्यमबाट लेखापरीक्षण हुने प्रणाली विकास गर्न पनि निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जनाउनुभयो ।
समितिमा महालेखा परीक्षक तोयम रायाले संवैधानिक निकायहरुलाई स्वायत्त बनाउने हो भने स्रोत साधन सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले ४८ सालदेखिका महालेखाको प्रतिवेदनमाथि छलफल नसकिएको भन्दै जति प्रतिवेदन लेखे पनि छलफल नै हुँदैन भन्ने भाष्य सिर्जना भएको बताउनुभयो ।
Trending Now
- US stock markets fall sharply after Trump’s announcement of global import tariffs
- बजगाईंको उपन्यास ‘नीलो प्रेम’ सार्वजनिक
- गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा
- BIMSTEC Summit Begins
- युवाहरूमा लोकप्रिय बन्दै ‘आइटी कोर्ष’
- युएसएआइडीको सहयोग नआउँदा रोकियो सूक्ष्म पोषण सर्वेक्षण कार्यक्रम
- कुलमानलाई दिएन सर्वोच्चले अन्तरिम आदेश, हितेन्द्रलाई काम गर्न बाटो खुल्यो
- प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता
- देशभरका लघुवित्त पीडित पनि काठमाडौंमा, सुरु गरे आन्दोलन
- Meeting between Prime Minister Oli and Sri Lanka’s Prime Minister
Comments are closed.