Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन

Editorial Team by Editorial Team
December 10, 2025
in Nepal, News
0
सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद ग्रहण नगर्न निर्देशन दिएको छ ।
विभागले सहकारी ऐनअनुसार एक व्यक्तिले एक समयमा एक पदमै बस्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट निर्देशन जारी गरेको हो ।
विभागले सोमबार गरेको निर्णयअनुसार सहकारी ऐन, २०७४ को दफा ४१(५) मा रहेको एक व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४(१) खण्ड (ग) मा रहेको कसैलाई अर्को सहकारी संस्थामा सञ्चालक भएमा पूर्वपदमा निरन्तर बस्न नसक्ने प्रावधान तत्काल लागू गर्न सम्बन्धित सबै संस्थालाई भनिएको छ ।
विभाग र नियमनकारी निकायहरूबाट जारी निर्देशन तथा मापदण्ड पालना नगरी हालसम्म केही व्यक्तिहरू दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको पाइएकाले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ अपनाउन सबै सहकारी संस्था र सञ्चालक सदस्यलाई निर्देशन गरिएको विभागले जनाएको छ ।
सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायहरूबाट जारी निर्देशिका तथा मापदण्ड विशेषगरी बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संस्थाका लागि बनेको नियामकीय मापदण्ड र २०८१ को परिच्छेद ७ मा रहेको एकै अवधिमा एक व्यक्तिले एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन नपाइने व्यवस्था यथाशीघ्र लागू गर्न विभागले आग्रह गरेको छ ।
राष्ट्रिय सहकारी बैंकदेखि सहकारी संघ संस्थासम्मका दोहोरो पदका मुद्दा सार्वजनिक भएपछि विभागले यो नयाँ निर्देशन जारी गरेको हो ।
सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन गर्दै मूल्य, मान्यता र सिद्धान्तलाई मजबुत बनाउने तथा सहकारीलाई मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको मेरुदण्डका रूपमा स्थापना गर्न कानुन पालन अनिवार्य भएको विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार कानुन तथा नियमनकारी निर्देशनको पालना गर्नु, स्वार्थको द्वन्द्वका कारण हुन सक्ने स्रोतको दुरुपयोग रोक्नु र सञ्चालक समितिमा कानुनअनुसार वैधानिकता कायम गर्नु प्रत्येक सदस्यको जिम्मेवारी हो ।
नियमनकारी निकायहरूले अनुगमन, निरीक्षण, नियमन तथा सुपरीवेक्षणको क्रममा उल्लिखित कानुनी व्यवस्था पालना भएको/नभएको अवस्था मूल्यांकन गरी उल्लंघन पाइएका सहकारी संस्थामाथि सहकारी ऐन तथा नियमावलीअनुसार आवश्यक कारबाही गर्न विभागले निर्देश गरेको छ ।

Advertisement Banner
Previous Post

100 political parties register for proportional election system

Next Post

इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

Recommended

Nepal Stock Exchange closes week higher with Rs 11.10 billion turnover

Nepal Stock Exchange declines 1.64 percent as turnover shrinks to Rs 13.18 billion

5 months ago
यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई

यस वर्षको मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई

4 years ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.