Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Review

उमा सुवेदीको उपन्यास परिधिको  परिचर्चा पोखरामा

Editorial Team by Editorial Team
February 1, 2026
in Book Review, Literature, Nepal, News
0
उमा सुवेदीको उपन्यास परिधिको  परिचर्चा पोखरामा
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

पोखरा-पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो  उपन्यास ‘परिधि’ को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समिक्षकहरू साहित्यकार  डा• ईश्वरमणि अधिकारी र गौरी तमूले उपन्यास परिधिमाथि आआफ्नो धारणा प्रस्तुत गर्दै उपन्यासको सबल र दुर्बल पक्षको चर्चा गरे । डा अधिकारीले कृतिले भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन तथा अधिकांश छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूले निर्माण गरेको मायावी केन्द्र र त्यसैको वरपर रहस्यपूर्ण तवरले स्वैकाल्पनिक रंगहरूमा पोतिएका कथा-उपकथाहरू क्यानभासमा जेलिंदै-फुस्किंदै र फेरि जेलिंदै एक अलग परिधि निर्माण गरेको बताउंदै बनोट, बुनोट, कथ्यहरूको प्रयोग र शैलीका हिसाबले उनको नवीन उपन्यास परिधि उनका पूर्ववर्ती उपन्यासहरूभन्दा धेरै अर्थले उत्कृष्ट भएको बताए | परिधिले मान्छेको मन, मस्तिष्क र चेतनाको कुरा बताउन खोजेको बताउंदै यसका पात्रहरूको भोगाइ र सोचाइ आम मान्छेहरूभन्दा बिल्कुलै फरक भएकैले पनि कृतिमा रहस्य, कौतुहल, जिज्ञासा र सम्भावनाहरू सबै जीवन्त रहेको बताए | समग्रमा कृति पढिरहँदा मज्जा लाग्ने, अरूको दुख, विषाद पढ्दा पनि झ्याउ नलाग्ने तर परिधि पढिरहेको पाठक बेलाबेला थ्रीलर अनि सस्पेन्स शैलीको दक्षीण भारतीय चलचित्र हेरे झैँ रोमान्चित हुने बताउंदै कथानक कहीं केन्द्र उन्मुख त कहीं परिधि उन्मुख भएको  बताए |  आख्यानमा दीर्घकालसम्म सम्झिने विषय खासै नरहेको बताउंदै अलिक बढ्ता विषाद र दुखी-आत्माहरूको केन्द्रीयता रहेकोमा गुनासो व्यक्त गरे | अर्की समीक्षक गौरी तमुले कृतिको नारीहरूका जीवनका विभिन्न पाटाहरूको कथालाई  परिधिले सम्बोधन गरेको बताइन् |  कार्यक्रममा आख्यानकार उमा सुवेदीले परिधिको रचना गर्भ बारे जानकारी गराउँदै पोखरामा यस्तो ऐतिहासिक संस्थाको व्यानरमा आफ्नो कृतिको परिचर्चा जस्तो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरिन् र आउँदा दिनहरूमा अझ जिम्मेवार भएर साहित्यसेवामा लागिपर्ने बताइन् । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले गिरीशवल्लभ जोशीको वीरचरित्रदेखि सुरु भएको नेपाली आख्यान लेखनका विविध मोड र चरणहरूसहित मायिक यथार्थवाद तथा स्वैरकाल्पनिक लेखनका सौन्दर्य र चुनौतीमाथि चर्चा गर्दै समकालीन लेखनका आयाममाथि प्रकाश पार्नु भयो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष साहित्यकार लक्ष्मण थापाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव एम डि काफ्लेले गर्नु भएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष साहित्यकार  रिता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा सम्पन्न भएको थियो।

 

Advertisement Banner
Previous Post

युरोपेली सेनालाई इरानले गर्‍यो आतंकवादी समूह घोषणा

Next Post

Nepal Govt Advises Citizens in Iran to Return Home Urgently

Editorial Team

Editorial Team

Next Post
Nepal’s public debt climbs to Rs 2.806 trillion

Nepal Govt Advises Citizens in Iran to Return Home Urgently

Recommended

US wants peace agreement between Ukraine, Russia to be concluded by June: Zelenskyy

US wants peace agreement between Ukraine, Russia to be concluded by June: Zelenskyy

7 months ago
Nepal exported processed edible oil worth Rs 52.80 billion to India during the first five months of the current fiscal year.

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.