काठमाडौं – साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कथाकार गोपी मैनालीको कथाकृति “विशृङ्खलित सपना”को परिचर्चा कार्यक्रम सप्पन्न गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार
महेश प्रसाईं, वरिष्ठ समालोचक प्रमोद प्रधान, चर्चित नियात्राकार प्रतीक ढकाल र समीक्षकअनिता कोइरालाले “विशृङ्खलित सपना”को परिचर्चा गर्नु भयो ।
डा. अर्जुनदेव भट्टले ढाका टोपी लगाइ दिएर र अध्यक्षले फूलको माला लगाइ दिएर गोपी मैनालीलाई स्रष्टा सम्मान गरिएको थियो।
नियात्रा, निबन्ध र समालोचना आफ्नो पकड बनाइसकेका मैनालीको यो पहिलो कथा कृति हो। सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वर काठमाडौले प्रकाशन गरेको यो कृतीमा सत्र कथा रहेका छन् ।
कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्वबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा कृतिकार वरिष्ठ कथाकार गोपी मैनालीले आफ्नो सिर्जनाबारे मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन कवि मुरारी सिग्देलले गर्नु भएको थियो ।
Trending Now
- शान्ता र चिरञ्जीवीका दुई पुस्तक प्रकाशित
- नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
- सचिन भट्टराई र शान्तिश्री परियारको ‘यूके लान्छु’ सार्वजनिक
- Hamas rejects new Israeli ceasefire offer
- Nepal Mahotsav-2025 held in New Delhi, Indian businessmen are willing to invest in Nepal
- Ukrainian President Zelensky said – the American special envoy is spreading the Russian story
- हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई
- चितवन जाँदै प्रधानमन्त्री ओली, ६ लेनको आधुनिक सडकको उद्घाटन गर्ने
- केही दिन धैर्य भएर लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
- बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको चेतावनी
Comments are closed.