Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल, पदयात्रा गर्नेको भीड

Editorial Team by Editorial Team
November 24, 2025
in Nepal, News, Tourism
0
आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल, पदयात्रा गर्नेको भीड
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको बाबा बर्फानी मन्दिर, गाईलेक, सन्तानेश्वर महादेवको मन्दिर,नरैनापुर गाउँपालिकमा रहेको गोवद्र्धन धाम र डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह मन्दिर पदयात्राका लागि सबैभन्दा उत्तम मानिएको छ । यसमध्ये पनि प्रकृतिसँगै रमाउदै पदयात्रा गर्न राप्तीसोनारीको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिर र नरैनापुरको गोवद्र्धन धाम अझ बढी आर्कषक रहेको नेपाल एसोसिएसन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले बताए ।

उनले यस बाहेक बाँके राष्ट्रिय निकुञ्जमा साइकिलिङ, हाइकिङ, जङ्गल वाक र जङ्गल सफारी गरेर यात्रालाई रोमाञ्चक बनाउन सकिने उल्लेख गरे ।

तराईको पहाड मानिएको महाभारत चुरे पहाडमा रहेको बाबा बर्फानीको मन्दिर पुगेर आएकी पुष्पा ज्ञवाली खनालले प्राकृतिक सुन्दरताले आफूलाई लोभ्याएको उल्लेख गर्दै आन्नद महसुस भएको बताइन् ।
उनले बाबा बर्फानी जाने बाटो आवतजावत गर्नका लागि भौतिक पूर्वाधारको विकास आवश्यक भएको भन्दै पदयात्रा रोमाञ्चक भएको अनुभव सुनाइन् । गुल्मेली समाज, बाँकेका अध्यक्ष हरिलाल न्यौपानेले प्रकृतिसँगको सामिप्यताले मनमा फरक प्रकारको शान्ति मिल्ने उल्लेख गर्दै बाबा बर्फानी पदयात्राको उकालो ओरालो यात्राले शरीरमा थेरापीको कामसमेत गरेको बताए ।
पत्रकार विनय दीक्षितले सन्तानेश्वर महादेवको मन्दिर नरैनापुर गाउँपालिका–५ को मटेहिया चोकदेखि करिब १५ किलोमिटर उत्तरमा रहेको जानकारी दिँदै मन्दिर पुगेपछि शान्तिको अनुभूति हुने बताए । उनले प्रकृतिको दृश्यावलोकनले रोमाञ्चक बनाउने उल्लेख गर्दै पदयात्राका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए।
नेपालगञ्जदेखि करिब ३८ किलोमिटर पूर्व नरैनापुर पुगेर नरैनापुरको वडा ४ जयारामपुरुवाबाट उत्तर ५ किलोमिटर अगाडि जङ्गलको बीचमा गोवद्र्धनधामको मन्दिर छ । नरैनापुरसम्म चारपाङ्ग्रे सवारीसाधन र नरैनापुरबाट मोटरसाइकलको प्रयोग गरी सो स्थलमा पुग्न सकिने बताइएको छ ।
गोवद्र्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीयस्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर छ । नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनारक्षेत्रमा विभिन्न मठमन्दिर छन् । यस बाहेक पनि बाँकेमा धेरै पर्यटकीय क्षेत्र छन् जहाँ छोटो समय बिताएर पनि पर्यटकले सन्तुष्टी प्राप्त गर्न सक्छन् ।

Advertisement Banner
Previous Post

एनपीएल: सुदूरपश्चिम र विराटनगरलाई अग्रता जोगाउने चुनौती

Next Post

NPL 2025: Sudurpaschim secure third straight win, led by player of the match Airee

Editorial Team

Editorial Team

Next Post
NPL 2025: Sudurpaschim secure third straight win, led by player of the match Airee

NPL 2025: Sudurpaschim secure third straight win, led by player of the match Airee

Recommended

Bagmati Province collects Rs 11.59bn in revenue in first four months

Bagmati Province capital expenditure stays below 9 percent in first half

8 months ago
ललितपुरमा किरातको माङखिम संग्रहालय

ललितपुरमा किरातको माङखिम संग्रहालय

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.