काठमाडौं, २६ असार
बारा, सिम्रौनगढ नगरपालिका-११ भगवानपुरस्थित पोखरीमा डुबेर रौतहट मौलापुर नगरपालिका-६ पथरा टोल बस्ने १७ वर्षीय खहेरु मुखियाको शनिबार दिउँसो मृत्यु भएको छ ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका-५ बस्ने होम बहादुर झेडीको छोरा १२ वर्षीय नवलसिंह झेडीको सोही ठाउँस्थित हसौरा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.