Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भलभल अष्टमी नवदुर्गा गणको अन्त्येष्टि

Editorial Team by Editorial Team
June 22, 2022
in Nepal, Uncategorized
0
भलभल अष्टमी नवदुर्गा गणको अन्त्येष्टि
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, असार  ७ गते । हरेक वर्ष भलभल अष्टमीका दिन नवदुर्गा गणको देहावसान हुने विश्वाससहित भक्तपुरका जीवित देवता नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिन्छ । जिवित देवता नवदुर्गा गणको देहावसानसँगै भक्तपुरको नवदुर्गा द्योछें (देवताघर)मा नवदुर्गा गणको पूजाआजा बुधबारदेखि बन्द भएको छ। काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न ठाउँमा आठ महिना नाच प्रदर्शन गर्ने नवदुर्गा गणको देहावसानसँगै भक्तपुर नगरपालिका–३ गछेंस्थित नवदुर्गा द्योंछेमा पूजाआजा बन्द भएको हो ।

प्रत्येक वर्ष भलभल अष्टमीमा नवदुर्गा गणको देहावसान हुने परम्परा रहिआएको छ । यस क्रममा नवदुर्गा गणको मुकुन्डो नगरको पूर्वस्थित भक्तपुर नपा–१ ब्रम्हायणी पीठ परिसरमा मंगलबार विधिवत रुपमा जलाइको थियो । गणको मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टी मानिन्छ । अन्त्येष्टी क्रममा भलभल अष्टमीमा नवदुर्गा गण बिहानै द्योछेंबाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा छ ।
नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान बनमालाका अनुसार तन्त्रमन्त्रद्वारा भक्तपुरवासीलाई सुरक्षा प्रदान गर्ने नवदुर्गा गणको देहावसानपछि रोगव्याध तथा भूतप्रेतको प्रकोप बढ्ने जनविश्वास छ । प्रकोपबाट बच्न नवदुर्गा देवगणले पासुका (नेवार समुदायले भोजका बेला घाँटीमा बाँध्ने रातो कपडाको डोरी) परम्परा रहेको उनी बताउँछन् ।
जीवित देवता नवदुर्गा गणले बर्सेनि आठ महिना काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न सहरमा नाच प्रदर्शन गर्ने परम्परा छ । नाच भक्तपुर नगरका २१, मध्यपुर थिमि, बनेपा, पनौती, साँखु, पशुपति, टोखा, कीर्तिपुर, साँगा, धुलिखेलगायत ठाउँमा प्रदर्शन गर्ने परम्परा छ । देवगणको देहावसानसँगै नाच पनि यस वर्षका लागि समाप्त हुन्छ । नवदुर्गा गणमा अष्टमातृका सहितको टोली हुन्छ ।
प्रत्येक वर्ष भलभल अष्टमीमा देहावसान भएका नवदुर्गा देवगण दसैंमा जन्मने मानिन्छ । दसैंमा जन्मेपछि नाच पहिलो पटक वर्ष माघ २ गते भक्तपुर नगरपालिका–१ सूर्यमढीबाट सुरु हुन्छ । नवदुर्गाको जन्मसँगै नयाँ मुकुन्डो तयार गरी नवदुर्गा गणले लगाउँछन् । जीवित देवी कुमारीको देहावसान नभए पनि नवदुर्गा गणको भने प्रत्येक वर्ष देहावसान भई जन्म हुने मान्यता छ ।
कीर्तिपुर र काठमाडौंको १२ वर्षे नाच सकियो
कीर्तिपुरको १२ वर्षे नाच गथु प्याखं (बाघभैरव नाच) र काठमाडौंको गथु प्याखं (लुमधि भद्रकाली नाच) मंगलबार समाप्त भएको छ । कीर्तिपुरको गथु नाचको मंगलबार दिउँसो कीर्तिपुरको सतक्वःबाट परिक्रमा सुरु भएको थियो । पांगा हुँदै नगाँउ पुगेपछि सीजा अर्थात मृत्युवरण खाना खुवाउने गरिएको थियो । त्यसपछि देवगण नाच्दानाच्दै विभिन्न ठाउँमा मृत्यृ हुने परम्परा छ । अन्तिममा बाघभैरव मन्दिरबाहिर भैरवको निधन हुने जनविश्वास छ । यसपछि मुकुण्डो लिइ मलामी जानेजस्तै बाजा बजाई दीपमा लाने र गणेशले दागबत्ती दिएपछि समापन हुने परम्परा रहेको गथु प्याखंबारे पुस्तकका लेखक श्रीकृष्ण महर्जनले जनाए ।
यता काठमाडौंमा भने लुमधी भद्रकाली अजिमा नाच दिउँसो राजधानीको वटु टोलबाट निकालिएको थियो । नाच जमल पुगेपछि सीजा अर्थात् मृत्युवरण खाना चढाइएको थियो । त्यसपछि मुकुण्डो लिइ मलामी जानेजस्तै बाजा बजाइ दीपमा लाने र भैरवले दागबत्त दिएपछि समापन हुने परम्परा छ ।

Advertisement Banner
Previous Post

IITs in Delhi, Bombay and Kanpur Offer Internship and Sponsored M. Tech. Programmes to Students from Ladakh

Next Post

नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि काठमाडौं महानगरले ४ करोड सहयोग गर्ने

Editorial Team

Editorial Team

Next Post
नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि काठमाडौं महानगरले ४ करोड सहयोग गर्ने

नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि काठमाडौं महानगरले ४ करोड सहयोग गर्ने

Recommended

Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal’s public debt rises to Rs 2.73 trillion in first four months of FY 2025/26

9 months ago
Bangladesh: Jamaat chief says women cannot lead party, fields no female candidates in parliamentary polls

Bangladesh: Jamaat chief says women cannot lead party, fields no female candidates in parliamentary polls

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.