रुपन्देही १ को (ख) मा कांग्रेसका अब्दुल रजाक गद्दी निर्वाचित

रुपन्देही, मङ्सिर ।

रुपन्देही निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रजाक गद्दी १२ हजार १३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार दधिराम न्यौपानेले ११ हजार ३०२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राकेश कोइरीले पाँच हजार १४२ मत ल्याउनुभएको छ ।

Comments are closed.