Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

Editorial Team by Editorial Team
February 24, 2026
in Nepal, News
0
चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई कडा निर्देशन दिएको छ।
सोमबार ९फागुन ११० आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। आयोगले बालअधिकारको संरक्षण र निष्पक्ष निर्वाचन वातावरण कायम राख्न यस्तो निर्देशन दिएको जनाएको छ।
निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) मा स्पष्ट रूपमा निर्वाचन प्रचारप्रसार, आमसभा, जुलुस वा कुनै पनि प्रकारका चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ। आयोगले हाल केही स्थानमा बालबालिकालाई झण्डा बोकाउने, नाराबाजी गराउने तथा प्रचार सामग्री वितरणमा संलग्न गराउने जस्ता गतिविधि देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
आयोगले आचारसंहिता उल्लंघन गरेमा कडा कारबाही हुने चेतावनीसमेत दिएको छ। ‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

Advertisement Banner
Previous Post

साम्बाको उपचारका लागि कांग्रेसद्वारा पाँच लाख सहयोग घोषणा

Next Post

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

Editorial Team

Editorial Team

Next Post
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

Recommended

सुमन वर्षाको ‘अन्ततः यन्त्रणा, उपन्यास लोकार्पण

सुमन वर्षाको ‘अन्ततः यन्त्रणा, उपन्यास लोकार्पण

4 years ago
UML to File Writ Petition at Supreme Court for HoR Restoration

UML to File Writ Petition at Supreme Court for HoR Restoration

8 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.