Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन सबैभन्दा राम्रो विकल्प: प्रचण्ड

Editorial Team by Editorial Team
December 29, 2025
in Nepal, News, Politics
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित पूर्व स्ववियू सभापति, क्रियाशील संघ–संगठनका अध्यक्ष, पूर्व अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मान, नव आगन्तुक विद्यार्थी स्वागत तथा बेजोड सांस्कृतिक कार्यक्रम–२०८२ मा बोल्दै दाहालले देश विशेष परिस्थितिबाट अगाडि बढिरहेको उल्लेख गरे।
उनले भने, ‘म अहिले देशको राजनीतिक परिस्थितिमा धेरै भन्न चाहन्नँ । निर्वाचन मुखैमा आइपुगेको छ । जेनजी आन्दोलनपछि देखिएको नयाँ परिस्थितिमा सार्वजनिक रूपमा अगाडि बढ्ने र देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प अब निर्वाचन नै हो । अन्य विकल्पतिर गइयो भने देश फेरि अर्को दुर्घटनामा पर्न सक्छ ।’
दाहालले नेपाली जनताको एकता, राजनीतिक दल, विभिन्न संघ–संस्था, पत्रकार र सबैको सामूहिक प्रयासबाट मात्र संकटमा परेको राष्ट्रलाई निकास दिन सकिने बताए । उनले अराजकता फैलिन सक्छ भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी सबैको साझा भएको पनि स्पष्ट पारे।
युवा तथा विद्यार्थीको भूमिकालाई विशेष महत्व दिँदै उनले भने, ‘देशको वर्तमान अवस्थामा युवा विद्यार्थीको काँधमा अझ ठूलो जिम्मेवारी छ । जेनजी आन्दोलन युवाहरु, विशेषगरी नव युवाको सक्रियताबाट अघि बढेको हो । पछिल्लो समय युवाहरु राजनीतिमा रुचि राख्दैनन् भन्ने धारणा थियो, तर जेनजी आन्दोलनले युवाहरु देशको परिस्थितिप्रति सचेत र जागरुक रहेको प्रमाणित गरेको छ ।’
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

Advertisement Banner
Previous Post

जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

Next Post

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

Editorial Team

Editorial Team

Next Post
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

Recommended

RSP Chairperson Rabi Lamichhane hospitalised after leg injury

RSP Chairperson Rabi Lamichhane hospitalised after leg injury

2 months ago
NRNA General Secretary Lama introduced a model of membership decentralization and transparency

NRNA General Secretary Lama introduced a model of membership decentralization and transparency

3 months ago

Don't Miss

Balen Shah registers candidacy from Jhapa-5

PM Sushila Karki set to step down; Balen Shah likely to take oath Friday

March 24, 2026
RSP central committee meeting summoned

Supreme Court defers hearing on Lamichhane case

March 24, 2026
RSP central committee meeting summoned

RSP central committee meeting summoned

March 24, 2026

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.