पत्रकार महासंघको चुनाव असार २२मा: निर्वाचन कार्यतालिका

काठमाडाैं । नेपाल पत्रकार महासंघको चुनाव असार २२ गते हुने भएको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हाे  ।

सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन असार १३ गते हुनेछ । उम्मेदवारी फिर्ताको असार १५ गतेका लागि तोकिएको छ । नेतृत्व चयनका लागि असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

Comments are closed.