झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहनगर दमकमा कालो झण्डा देखाउने ११ जना पहिचानवादी पक्राउ पक्राउ परेका छन् ।
जिल्ला दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदै गर्दा आइतबार दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीहरुले ओलीलाई कालो झण्डा देखाएका थिए ।त्यसक्रममा प्रहरीले ११ जना पहिचानवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा एल पी पालुङवा, केदार धिमाल, मातृका धिमाल, गंगा राई शेर्मा, बिक्रम वनेम राई, याम लोरिङ्देनलगायत रहेका छन् ।उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । आइतबार बिहान ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कालो झण्डा देखाएका थिए ।
Comments are closed.