पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ ।बिहीबार जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
उनीमाथि रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप थियो ।अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको बताइएको छ ।
May be an image of 4 people

Comments are closed.