राष्ट्रपतिले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालनको स्वीकृति दिएका हुन् ।राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १५ गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’
नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Comments are closed.