काठमाडौं । अनलाइन ठगीमा संलग्न गिरोहहरूले नेपाल प्रहरीका उच्च अधिकारीहरूकै नाममा धम्कीपूर्ण इमेलहरू पठाएर तर्साउन थालेपछि प्रहरीको साइबर ब्यूरोले सतर्क रहन आग्रह गरेको छ ।
साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता झूटा इमेलहरूप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सबैलाई सतर्क रहन आग्रह गरेका हुन् ।
ब्यूरोले ती इमेलहरू ‘होक्स’ अर्थात् झूटा भएको भन्दै कुनै पनि प्रतिक्रिया नदिन र विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ।विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू ‘होक्स’ भएको पुष्टि भएको छ। त्यसैले, यस्ता मेलहरूको विश्वास नगर्नु र कुनै प्रतिक्रिया नदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध छ।’
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.