काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर केन्द्रीय समितिका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेर ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महासंघले प्रधानमन्त्रीलाई सञ्चार क्षेत्रसँग सम्बद्ध स्थायी र अस्थायी संरचनाहरूमा महासंघको अनिवार्य प्रतिनिधित्वको नीतिगत व्यवस्थाका लागि ध्यानाकर्षण गराएको छ ।पत्रकारले नियमित पारिश्रमिक नपाउने समस्या भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा सरकार कानुन निर्माणमा चुकेको उल्लेख गरिएको छ ।
‘सञ्चार क्षेत्रमा श्रम अधिकार सुनिश्चितताका लागि स्वायक्त, स्वतन्त्र र शक्तिशाली प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न महासंघ पुनः गम्भीर ध्यनाकर्षण गराउँछ,’ प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणमा भनिएको छ ।पत्रकारको निःशुल्क उपचारको व्यवस्था, महासंघको कार्यालय भवनको मर्मत सम्भार, अशक्त पत्रकारको जीविकोपार्जनको व्यवस्था आदि सुनिश्चित गर्न पनि महासंघले आग्रह गरेको छ ।
विज्ञापन बोर्डलाई उद्देश्यअनुरुप काम गर्न दिनेगरी कानून परिमार्जन गर्न र समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन महासंघले माग गरेको छ ।ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले महासंघको मागमा ध्यानाकर्षण भएको भएको मागहरुलाई गहन रुपमा अध्ययन गरी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
Trending Now
- सरकार ढल्दैछ भन्ने हल्ला मात्रै हो : प्रधानमन्त्री ओली
- साहित्यकार ज्ञवालीको खण्डकाव्य ‘रुरुक्षेत्र’ सार्वजनिक
- 6.8-magnitude earthquake hits Japan, tsunami warning issued
- The SEC filed a lawsuit against Elon Musk
- Ukraine launches biggest attack on Russia yet, Russia says: We will retaliate soon
- भारतका चार स्रष्टालाई नइ पुरस्कार दिने घोषणा
- रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु
- महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक
- हेमन्त खालिङ र उर्मिला खालिङको गीत नु (मन) सार्वजनिक
- Preparations for presidential elections in Belarus