थापाथलीबाट चोरी भएको बच्चा काँडाघारीमा भेटियो

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट हिजो चोरी भएको २६ दिनको बच्चा काठमाडौंको काँडाघारीमा भेटिएको छ ।प्रहरीले बच्चा लिएर जाने महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बच्चा लिई फरार भएकी दैलेख नौमुले गाउँपालिका-१ घर भई हाल काठमाडौं काँडाघारी बस्ने मनकुमारी सिंह, उनका श्रीमान नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पक्राउ गरेको जनाएको छ ।
हिजो बिहान ११ बजे नियमित परीक्षणका लागि अस्पताल पुगेकी काभ्रे चौरी देउराली घर भकी २२ वर्षीया सबिना श्रेष्ठले आफ्नो बच्चा अपरिचित महिलालाई बोक्न दिएकी थिइन् । तर, आफ्नो बच्चासहित ती महिला अस्पतालबाट गायब भएपछि अनुसन्धानका लागि सविनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।बच्चालाई उद्धार गरी अभिभावकको साथमा उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाई उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments are closed.