भ्रष्टाचार मुद्दामा प्रहरीका सइ दोषी ठहर

काठमाडौं । ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका नायब निरीक्षक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।बर्दियाको मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद घुससहित पक्राउ परेका तीन महिनामै अदालतबाट दोषी ठहर भएका छन् ।
उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । लागू औषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो ।मुद्दा दायर भएको दुई महिनामै बिशेष अदालतले फैसला सुनाएको हो ।

Comments are closed.