भारतको राजकोटमा आगलागी २७ जनाको ज्यान गयाे

ठमाडौं । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको ज्यान गएको छ ।

सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट ज्यान गएको संख्या २७ पुगेको हो । बीबीसी हिन्दीका अनुसार ज्यान गएकेमा बालबालिका पनि रहेका छन् ।

‘आगलागीमा ज्यान जानेहरुको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ । सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको संख्यामा दमकल परिचालन गरिएको थियो ।

अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ । तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन् ।

त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

Comments are closed.