काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका-७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ।स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा) मा राति ९:४० बजे लागेको आगो १०:५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए। उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन्।अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेन।
उक्त आगालगीमा १५ लाख बराबरको क्षति अनुमान गरिएको छ। आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो। स्वयम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो।आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लत्ताकपडा, फलाम जलेको छ। विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
Trending Now
- साहित्य अकादमी पुरस्कार कथाकार युवा बराल (अनन्त) लाई
- पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा, नेपाली कलाकारले पनि अभिनय गर्ने
- अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्स मंगलबार पृथ्वीमा फर्कने : नासा
- अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक
- मीना पौडेलको ‘साहस’ सार्वजनिक
- Death toll from US airstrikes in Yemen has climbed to 53
- Saudi government preparing to organize a franchise tournament bigger than IPL
- स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्भौता, नेपालीले सस्तोमा लेन्स पाउने
- सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम
- अर्यालको ‘ए मायालु’ सार्वजनिक