नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा प्रज्ञा भवनमा आजदेखि पाँचदिने बालपुस्तक प्रदर्शनी सुरु

माघ १२, २०८० । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा प्रज्ञा भवनमा आजदेखि पाँचदिने बालपुस्तक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन कुलपति भूपाल राईले गर्नुभएको थियो । प्रदर्शनीमा बालसाहित्यका विभिन्न विधाका २ हजारभन्दा शीर्षकका पुस्तक राखिएका छन् । प्रदर्शनीमा एकता प्रकाशन, कथालय इन्क, कोपिला किताब, खोजी प्रकाशन, गिनिज बुक्स, परिचय पब्लिकेसन्स, बालसाहित्य प्रतिष्ठान नेपाल, बुकआर्ट नेपाल, भुँडीपुराण प्रकाशन, विवेक सिर्जनशील प्रकाशन र साङ्गृला प्रकाशन सहभागी छन् । साथै नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजबाट प्रकाशित बालसाहित्य र बालोपयोगी पुस्तकहरू राखिएका छन् । अभिभावक र शिक्षकलाई बालपुस्तकबारे जानकारी दिँदै बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो ।
प्रदर्शनीको उद्घाटन गर्दै कुलपति भूपाल राईले साहित्यको प्रवर्द्धन गर्ने हो भने बालबालिकालाई पाठक बनाउनुपर्नेमा जोड दिदै त्यसका लागि बालसाहित्य महत्त्वपूर्ण हुने बताउनुभयो ।

Comments are closed.