Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ताप्लेजुङका चौध सय परिवार अन्धकारमा

Editorial Team by Editorial Team
June 27, 2022
in Nepal, News
0
ताप्लेजुङका चौध सय परिवार अन्धकारमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङको छुट्टाछुट्टै दुई ठाउँमा रहेको विद्युत आयोजनामा पहिरोले क्षति पुर्याएपछि करिव १४ सय परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् आयोजनामा क्षति पुगेपछि जिल्लाको सिरिजङ्घा गाउँपालिकाका दुई र फक्ताङ्लुङ गाउँपालिकाका दुईवटा वडाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।
सिरिजङ्घा गाउँपालिका–५ पेदाङ र वडा नम्बर ६ मामाङ्खे तथा फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन र वडा नम्बर २ खेजेनिमका बासिन्दा अहिले अन्धकारमा बस्न बाध्य भएका छन् । सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा। चित्रकुमार माबोका अनुसार ७० किलोवाट क्षमताको स्थानीय खाक्सेवा खोला लघु जलविद्युत् आयोजनालाई पहिरोले क्षति पुर्याएपछि गाउँ अन्धकारमय भएको हो ।
दुईवटा वडा अर्थात पेदाङ र मामाङ्खेका करिव सातसय परिवार अहिले बिजुली बत्ती उपभोग गर्नबाट बञ्चित भएका उपाध्यक्ष माबोले जानकारी दिनुभयो । उहाँका अनुसार खाक्सेवा खोला लघु जलविद्युत् आयोजनाको विद्युत् गृह ९पावर हाउस० लाई पहिरोले क्षतिग्रस्त बनाएपछि विद्युत् सेवा अवरुद्ध बनेको हो ।
आयोजनाको विद्युत् गृहसँगै ठाउँ–ठाउँमा खम्बा, तारलगायतमा पहिराले क्षति पुर्याएको मामाङ्खेका स्थानीय कैलाश माबोले बताउनुभयो । पहिरोले विद्युत् आयोजनामा क्षति पुर्याएपछि एकसाता अघिदेखि पेदाङ र मामाङ्खेका उपभोक्ता अन्धकारमा बस्नुपरेको माबोले बताउनुभयो ।
यस्तै फक्ताङ्लुङ गाउँपालिकास्थित ६५ किलोवाट क्षमताको मेथेमखोला लघु जलविद्युत आयोजनालाई पहिरोले क्षति पुर्याउँदा सावादिन र खेजेनिमका करिव सातसय परिवार अन्धकारमा बस्न बाध्य छन् । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईंका अनुसार एकसाता अघिदेखि दुईवटा वडाका उपभोक्ता बिजुली बत्ती उपभोग गर्नबाट वञ्चित हुँदै आएका छन् ।
पहिरोले क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको पुनः निर्माण नभएसम्म खेजेनिम र सावादिनका उपभोक्ताले अन्धकारमा बस्नुपर्ने अवस्था कायम रहने वडाध्यक्ष चौलागाईंको भनाइ छ । अहिले वर्षाको क्रम केही न्यून भए पनि दुई साता अघिदेखि नै सुरु भएको मनसुनका कारण वर्षा हुने क्रम निरन्तर छ ।

Advertisement Banner
Previous Post

नारी साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा स्रष्टा सम्मान

Next Post

तानसेनमा खुला ‘नाचघर’बन्यो

Editorial Team

Editorial Team

Next Post
तानसेनमा  खुला ‘नाचघर’बन्यो

तानसेनमा खुला ‘नाचघर’बन्यो

Recommended

G20 economies show restraint in use of trade restrictions amidst ongoing instability

G20 economies show restraint in use of trade restrictions amidst ongoing instability

4 years ago
Japan restarts reactor at world’s largest Kashiwazaki-Kariwa nuclear plant

Japan restarts reactor at world’s largest Kashiwazaki-Kariwa nuclear plant

2 weeks ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.