Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

तानसेनमा खुला ‘नाचघर’बन्यो

Editorial Team by Editorial Team
June 27, 2022
in Nepal, News
0
तानसेनमा  खुला ‘नाचघर’बन्यो
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

 पाल्पा। तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो ।

लुम्बिनी प्रदेश सरकारको लगानी छ करोड ८१ लाख रुपियाँ लगानीमा सांस्कृतिक डबली (खुल्ला नाच घर) निर्माणको काम सकिएको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । वि.स. २०७७ असारदेखि सुरु भएको सांस्कृतिक डबली (खुला नाच घर) निर्माण सम्झौताको म्यादभन्दा एक वर्ष ढिला गरी सकिएको डिभिजन प्रमुख पाण्डेयले बताउनुभयो । डबली निर्माणको काम सकिएको छ अब सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढ्छौँ, प्रमुख पाण्डेयले भन्नुभयो ।

सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउण्ड्री, बस्ने स्थल, हरियाली बगैँचा चिटिक्क पारिएको छ । यस्तै, स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरमा समेत रङ्गरोगन गरेर निर्माण भइसकेको छ । डबलीभित्र बसेर पाँच सय जना मानिसहरूले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्नेछन् ।

जिल्लाभित्र भित्रिने आन्तरिक तथा बाह्य मुलुकका पर्यटकलाई लक्षित गरेर सांस्कृतिक डबलीको निर्माण गरिएको हो । यसले जिल्लाको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेयले बताउनुभयो । तानसेन घुम्न आउने र खास गरेर रानीमहल आउने पर्यटकका लागि सांस्कृतिक डबलीमा नाच, गीत तथा अन्य सांस्कृतिक प्रस्तुति देखाउन सकिन्छ, उहाँले भन्नुभयो ।

लुम्विनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका अन्य पर्यटकीय पूर्वाधारसहित सांस्कृतिक डबलीमा लगानी गरेको जनाएको छ । सांस्कृतिक डबलीभित्र लुम्विनी प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिभित्र प्रचलित नाच तथा भेषभूषा प्रदर्शन गर्न सकिनेछ ।

सांस्कृतिक डबली सञ्चालनपछि स्वदेश तथा विदेशबाट पर्यटक आवागमनमा वृद्धि हुने र आन्तरिक रोजगारी बढ्ने अपेक्षा गरिएको छ । सांस्कृतिक नाच घर बनेपछि पाल्पाका लोप हुँदै गएका नाचको संरक्षण हुने र त्यसबाट जिल्लाको पर्यटन क्षेत्रले गति लिने पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताउनुभयो ।

Advertisement Banner
Previous Post

ताप्लेजुङका चौध सय परिवार अन्धकारमा

Next Post

बृहत् साङ्गीतिक कार्यक्रम दुबईमा हुने

Editorial Team

Editorial Team

Next Post
बृहत् साङ्गीतिक कार्यक्रम दुबईमा हुने

बृहत् साङ्गीतिक कार्यक्रम दुबईमा हुने

Recommended

Ukraine’s Zelenskiy ditches NATO ambition ahead of peace talks

Ukrain agrees to drop bid to join NATO

9 months ago
Seventy-fifth World Health Assembly to focus on “Health for Peace, Peace for Health” for recovery and renewal

WHO to hold emergency meeting on monkeypox outbreak next week to discuss classification as public health emergency of international concern

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.