काठमाडौं — स्कटल्यान्ड, नटिङ्घम फरेस्ट र डर्बी काउन्टीका पूर्वविंगर जोन रोबर्टसनको ७२ वर्षको उमेरमा निधन भएको छ । इंग्ल्यान्डका पूर्वप्रशिक्षक ब्रायन क्लफले उनलाई कुनै समय ‘फुटबल खेलका पिकासो’ भनेर वर्णन गरेका थिए ।
रोबर्टसनले सन् १९८० मा ह्याम्बर्गलाई हराउँदै नटिङ्घम फरेस्टलाई युरोपियन कपको उपाधि दिलाउन निर्णायक गोल गरेका थिए । त्यसको अघिल्लो सिजन माल्मोविरुद्धको फाइनलमा पनि उनकै क्रसमा ट्रेभर फ्रान्सिसले विजयी गोल गरेका थिए ।
उनले स्कटल्यान्डबाट २८ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । व्यावसायिक फुटबल करियरपछि उनले आफ्ना पूर्वसहकर्मी मार्टिन ओ’निलको सहायक प्रशिक्षकका रूपमा वायोकोम्बे वान्डरर्स, नर्विच सिटी, लेस्टर सिटी, सेल्टिक र एस्टन भिल्लामा काम गरे ।
नटिङ्घम फरेस्टमा रोबर्टसनका कप्तान रहेका जोन म्याकगभर्नले उनलाई ‘रायन गिग्सजस्तै तर एउटा मात्र नभई दुवै खुट्टा उत्तिकै चल्ने र अझ बढी क्षमता भएको खेलाडी’ भनेर प्रशंसा गरेका थिए ।






